Ultimate magazine theme for WordPress.

संसद पुनस्थापना भएपछि सन्धिखर्कमा बिजयोत्सव मनाईयो

313

हरिप्रसाद भुसाल / पहिलो अपडेट

फागुन ११, अर्घाखाँची । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।

प्रचण्ड पक्षिय नेकपाका नेता तथा कार्याकर्ताहरुले दिपावली गर्दै सन्धिखर्कमा विजयोत्सव मनाएका हुन् ।

स्वतस्फुर्त रुपमा शान्ति बँगैचामा भेला भएका संसद पुनस्थापनाका पक्षधरहरुले न्याय जिवित रहेको भन्दै बधाई आदान पदान समेत गरेका छन् । उनीहरुले शान्ति बँगैचामा दिप प्रज्वलन समेत गरेका थिए ।

शान्ति बँगैचामा भेला भएका नेता तथा कार्यकर्ताहरुलाई संघर्ष समिति संयोजक राम बहादुर चौहानले समवोधन गर्दै सनकका आधारमा गरिएको राष्टघात रोक्ने सर्वोच्च अदालतलाई धन्यवाद दिएका थिए ।

Comments
Loading...