हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन ११, अर्घाखाँची । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।
प्रचण्ड पक्षिय नेकपाका नेता तथा कार्याकर्ताहरुले दिपावली गर्दै सन्धिखर्कमा विजयोत्सव मनाएका हुन् ।
स्वतस्फुर्त रुपमा शान्ति बँगैचामा भेला भएका संसद पुनस्थापनाका पक्षधरहरुले न्याय जिवित रहेको भन्दै बधाई आदान पदान समेत गरेका छन् ।
शान्ति बँगैचामा भेला भएका नेता तथा कार्यकर्ताहरुलाई संघर्ष समिति संयोजक राम बहाखुर चौहानले समवोधन गर्दै सनकका आधारमा गरिएको राष्टघात रोक्ने सर्वोच्च अदालतलाई धन्यवाद दिएका थिए ।