Ultimate magazine theme for WordPress.

प्रेस युनियन अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

57

हरिप्रसाद भुसाल / पहिलो अपडेट

फागुन ९, अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले स्मारिका विमोचन कार्यक्रम भब्य रूपमा सम्पन्न भएको र प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेता रेवती भुसाल, पाटी सभापति विष्णु मुस्कान, कमलप्रसाद भुसाल लगायत नेता र उपस्थित अतिथिलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै वैठकले प्रेस संगठनबाट युनियनमा प्रवेश गरेका रमेश विकलाई युनियनको जिल्ला सह सचिव पदमा मनोनित समेत गरेको छ । भने जिल्ला सदस्य पदमा कृष्णप्रसाद परियार र हलिम खाँनलाई मनोनित गरिएको युनियनका जिल्ला सभापति विरेन्द्र केसीले जानकारी दिएका छन् ।

Comments
Loading...