हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन ९, अर्घाखाँची । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अर्घाखाँचीमा जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमका विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । पालिकास्तरीय विरोध कार्यक्रमअन्तर्गत फागुन ९ गते सन्धिखर्क नगरपालिकाको शान्ति बाटिकामा सम्पन्न विरोधसभालाई पार्टीका केन्द्रिय सदस्य राजु नेपालीले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश सचिव टोपबहादुर बलाल, प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज नेत्र थापा मगर, प्रदेश सदस्य पुस्करनाथ आचार्य लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको जिल्ला सचिव जेवी दर्लामीले जानकारी दिए ।
जसपाले अर्घाखाँचीका अन्य पालिकाहरुमा पनि विरोध सभा गरेको खबर प्राप्त हुनआएको छ ।