हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन ९, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध सन्धिखर्कमा प्रदर्शन गरेको छ ।
संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । सन्धीखर्क को शान्ति बगैंचा बाट निस्किएको बिरोध र्याली बजार परिक्रमा प्रश्चात पुन शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपाकि प्रदेश सदस्य तथा महिला नेतृ छमकुमारी खनाल चिनारी, अखिल नेपाल महिला संघ जिल्ला आन्दोलन संघष समितिकी जिल्ला संयोजक सुनिता बेल्बासे, सहसंयोजक माधबा घिमिरे तथा महिला नेतृ सुमित्रा मुखिया ले सम्बोधन गरेको कार्यक्रम को संचालन राधा नेपाली ले गरेकी थिइन ।