Ultimate magazine theme for WordPress.

पत्रकार केसीद्वारा स्व. हजुरआमाको स्मृतीमा “स्व. जेदकुमारी खड्का सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” घोषणा

200

हरिप्रसाद भुसाल / पहिलो अपडेट

फागुन ८ काठमाण्डौ । पत्रकार विरेन्द्र केसीले आफ्नो स्वर्गिय हजुरआमाको सम्झनामा पत्रकारीता पुरस्कार घोषणा गरेका छन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ५ स्थाई घर भएका पत्रकार केसीले दिवंगत हजुरआमा जेदकुमारी खड्काको स्मृतीमा “स्व. जेदकुमारी खड्का सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार” घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले जिल्ला सदरमुकाम सन्धिखर्कमा आयोाजना गरेको स्मारिका विमोचन कार्यक्रममा युनियनका अर्घाखाँची जिल्ला सभापति समेत रहेका पत्रकार केसीले पुरस्कार घोषणा गरेका हुन् ।

“मेरो जन्मदिने आमाले म ४ बर्षको हुँदा छाडेर जानुभयो । हजुरआमाले लालनपालन गरेर हुर्काउनुभयो, असल बाटो देखाउनुभयो ।” केसीले पहिलो अपडेट डटकमसित भने “उहाँको सम्झनामा रू ५० हजार राशिको अक्षयकोष स्थापना गरेको छु ।”

स्व. जेदकुमारी खड्का सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक बर्ष उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने पत्रकार केसीले जानकारी दिए ।

केसीकी हजुरआमा जेदकुमारी खड्काको २०६७ माघ २६ गते निधन भएको थियो । पत्रकार केसी कान्तिपुर राष्टिय दैनिकमा कार्यरत छन् ।

Comments
Loading...