Ultimate magazine theme for WordPress.

जिल्ला निर्वाचन कार्यालयद्वारा आचारसंहिताको विषयमा अन्तरक्रिया

86

हरिप्रसाद भुसाल / पहिलो अपडेट

फागुन ७, अर्घाखाँची । निर्वाचन आयोगले जिल्लाका सरोकारवालाहरुसंग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको छ ।

सन्धिखर्कमा आज एक कार्यक्रम आयोजना गरि आयोगले आगामी निर्वाचनलाई मध्यनजर गर्दै छलफल गरेको हो ।

स्थानिय तहका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा कार्यालय प्रमुखहरु सहभागी बैठकमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल प्रसाद शर्मा भुसालले निर्वाचन आचारसंहिताको विषयमा जानकारी गराउनुभएको थियो ।

पाँचौ निर्वाचन दिवसको अवसरमा आयोजना गरिएको छलफलमा सहभागीहरुले निर्वाचनलाई सभ्य र मितव्ययी बनाउन आ आफ्नो क्षत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतमा सम्पन्न भएको हो ।

Comments
Loading...