हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन ७, अर्घाखाँची / अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६ लोहरी हंसपुरमा नेकपा परित्याग गरि आज दर्जनौं व्यीक्त नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपाले चुनावी नारा मात्रै ठुला गर्ने, विकास निमार्णका काम नगर्ने भएकाले नेकपा परित्याग गरेको काँग्रेस प्रवेश गरेकाहरुले बताए ।
नेकपाको सरकार भएपनि आपसमा लडाई गर्ने, सरकार चलाउँन भन्दा भष्ट्रचार गर्नमा लिप्न भएकाले पार्टी परित्याग गरेको बताएको बुझिएको छ ।
नेकपाका दामोदर अधिकारी, कमल थापा, शंकर पुन, बलबहादुर परियार, बलबहादुर घम लगाएत ११५ जन विभिन्न पार्टी परित्याग गरि कांग्रेस पर्वेश गरेको काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले बताउँनुभयो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै काँग्रेस सभापति मुस्कानले पार्टीभित्र उचित स्थान दिने र काँग्रेस सधै जनताको पक्षमा रहेको बताउँनुभयो ।
कार्यक्रममा काँग्रेस उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य केशब श्रेष्ठ, संगठन बिभाग प्रमुख कृष्ण खनाल, जिल्ला सदस्य सीता भुसाल, तरुण दल अर्घाखाँची काठमाडौं सम्पर्क समितिको अध्यक्ष अर्जुन पोख्रेल, मालारानी सभापति शोभाखर खनाल, नेपाली कांग्रेस कपिलवस्तु–अर्घाखाँची सम्पर्क समिती सभापति तुल्सी घिमिरे, नेपाली कांग्रेस वन विभाग सदस्य सञ्जय खनाल, हंसपुर सभापति गोपाल जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम काँग्रेस वार्ड सभापति मेयर सिंह राउत को अध्यक्षता, कार्यक्रमको संचालन बल बहादुर ग्म र स्वागत कमल राउतले गर्नु भएको हो।