Ultimate magazine theme for WordPress.

सहयोगी बिसी एकता अभियानको केन्द्रीय सदस्य, को को परे अर्घाखाँचीबाट ? हेर्नुहोस विस्तृतमा

1,724

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ ३, अर्घाखाँची । समाजसेवी समेत रहेका पत्रकार सहयोगी विसी बामदेव गौतमले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता अभियानको केन्द्रीय सदस्य भएका छन् ।

बामदेव गौतम पक्षिय केन्द्रीय सदस्यहरुको आज सार्वजनिक नामावलीमा विसी सहित अर्घाखाँचीबाट ११ जना समेटिएका हुन् ।

“यो फरक पार्टी नभएर पार्टीभित्रका दुइ समूहलाई एकीकृत गर्नको लागि शुरु गरिएको अभियान हो ।” पहिलो अपडेट डटकमसंग कुरा गर्दै विसीले भने “ आगामी निर्वाचनसम्म दुवै समूहलाई एकतामा ल्याउने नै हाम्रो प्रमुख उदेश्य हो ।” एकता सम्भव नभएमा कार्यगत एकता मात्रै भएपनि गर्ने विसीको भनाई छ ।

प्राप्त जानकारी अनुसार जिल्ला संयोजक समेत रहनेगरी युवराज पौडेलले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरुमा दिनेश खनाल, ढुण्डिराज ज्ञवाली, गोपाल पोख्रेल, मोती श्रीपाली, विष्णु पन्थी, जीवन परियार, सुनिता परियार, दिपक खनाल र कृष्ण शारु बामदेव गौतमको एकता अभियानको केन्द्रीय सदस्य बनेका छन् ।

Comments
Loading...