हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन १, अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु प्रसाद खनाल मुस्कानले विगतमा जस्तै यो पटकपनि असंवैधानिक कदमको विरोधको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताउनुभएको छ ।
नयाँ एफ.एम.को विहानी प्रस्तुती नयाँ संवादमा आज बिहान पत्रकार हरिप्रसाद भुसालसंग कुरा गर्दै नेता खनालले केही दिनमै आफुहरुले सर्वदलीय बैठक बसी आन्दोलन शसक्त बनाउने जानकारी दिनुभयो ।
विगतमा पनि कुनैपनि आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै नेता खनालले गलत कदमलाई सडकबाटै सच्याउने दृढता समेत व्यक्त गर्नुभयो ।
हेर्नुहोस् नेता खनाल संगको अन्तरंग कुराकानी :