Ultimate magazine theme for WordPress.

शारदा माध्यमिक विद्यालय ढिकुराको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

136

हरिप्रसाद भुसाल / पहिलो अपडेट

फागुन १, अर्घाखाँची । शारदा माध्यमिक विद्यालय भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा आज आयोजित विशेष समारोहका विच भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतीक प्रस्तुतीहरु समेत राखेको कार्यक्रमा अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश घिमिरेको अध्यक्षता, बाबुराम चुदालीको स्वागत मन्तव्य र शिक्षक नवराज अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

Comments
Loading...