हरिप्रसाद भुसाल / पहिलो अपडेट
फागुन १, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागिरथीहरुको बलात्कार गरी हत्या गर्नेहरुलाई अदालतको कठघरामा उभ्याइछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुटवलमा आज आयोजित जनसभामा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले केही समय अपराधीहरु उम्किएजस्तो देखिएपनि उनीहरुलाई कारवाही गरिछाड्ने दृढता व्यक्त गर्नुभएको हो ।
“एक वर्ष डरले थर्कमान भएर लुकेपनि सजायँ घट्नेवाला छैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो “उनीहरुलाई पुराकापुर कारवाही गरिनेछ ।”