हरिप्रसाद भुसाल/पहिलाे अपडेट
२९ माघ अर्घाखाँची । प्रचण्ड माधव पक्षिय नेकपाका नेता जनार्दन शर्माले नेतृ रामकुमारी झाँक्री पक्राउकाे विराेध गरेका छन् ।
झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताकाे हनन मात्र नभएर देशलाई मुडभेडमा लगेर निहित स्वार्थ पूरा गर्ने षडयन्त्रहरु भैरहेकाे नेता शर्माले दावी गरेका छन् ।
सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले झाँक्री पक्राउकाे बिराेध गरेका हुन् ।
हेर्नुहाेस् नेता शर्माकाे स्टाटस जस्ताकाे तस्तै :
रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।।