हरिप्रसाद भुसाल / पहिलो अपडेट
माघ २८, अर्घाखाँची । नेशनल प्याथ ल्याव सन्धिखर्क अर्घाखाँचीले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेकाे छ ।
ल्यावले यही फागुन १ गते सन्धिखर्क स्थित अाफ्नै प्रयाेगशालामा स्वास्थ्य शिविर सहितका कार्यक्रम अायाेजना गरेकाे हाे ।
ल्यावले अाज भाेली र पर्सि सहुलियत शुल्कमा विभिन्न परिक्षण सेवा दिने जानकारी गराएकाे हाे । ल्यावका प्रमुख सागर पाेखरेलले दिएकाे जानकारी अनुसार तिन दिन हालबाेडी चेकअप २ हजारमा र थाईराइड परिक्षण ५ सयमा गरिने छ ।
गुणास्तरिय स्वास्थ्य सेवा दिन प्रतिवद्द रहेकाे बताउदै ल्यावले समयमै सेवा लिन जिल्लावासीहरुलाई अनुराेध गरेकाे छ ।