Ultimate magazine theme for WordPress.

रक्तअल्पता हटाउन सन्धिखर्कका किशोरीहरुलाई अव आइरन चक्की

35

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ २३, अर्घाखाँची ।सन्धिखर्क नगरपालिका अन्तरगतको स्वास्थ्य शाखाले स्वास्थ्य संस्था प्रमुख र १,२,३ वडाका प्र.अ.हरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षता र नगर उप प्रमुख ठाकुर कु.बि.क.को प्रमुख आथित्यतामा कार्यक्रमको सहजीकरण सुआहाराका जिल्ला सम्योजक ज्ञानदिप आचार्य र पोषण अधिकृत बालमुकुन्द यादवले गर्नु भएको थियो कार्यक्रम सन्चालन स्वास्थ्य शाखा प्रमुख पूर्ण प्रसाद पराजुली र स्वागत घर्मराज पन्थिले गर्नु भएको थियो ।

भने सबै बिद्यालयका १० देखी १९ बर्ष सम्मका छात्राहरुलाइ आइरन चक्की बितरण गर्नको लागि बिद्यालयलाई चक्की हस्तान्तरण गरियको थियो ।

स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार किशोरीहरुमा हुने रक्त अल्पता करिब २१ प्रतिशत रहेकोले उक्त समस्या घटाउन हाल १३ हप्ता आइरन चक्की खुवाउने र अर्को आ.ब.देखि २६ हप्ता आइरन चक्की खुवाइने छ ।

Comments
Loading...