Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका स्थानीय तहका पशुसेवा शाखा प्रमुखहरुसंग प्रगति समिक्षा

162

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ २३, अर्घाखाँची । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुले अर्घाखाँची जिल्लाका स्थानीय तहका पशुसेवा शाखा प्रमुखहरुसंग प्रगति समिक्षा गरेको छ ।

स्थानीय तहहरुले पशुसेवाको क्षत्रमा गरेको कामको विषयमा समिक्षा गर्नका लागि आयोजना गरिएको कार्यक्रममा जिल्लाको मालारानी बाहेकका सवै स्थानीय तहका पशुसेवा शाखा प्रमुखहरु सहभागी थिए ।

कार्यक्रममा स्थानीय तह पशु शाखा प्रमुखहरुले विनियोजित कुल बजेट, गरिएको कामहरुको जानकारी दिनुका साथै आगामी दिनमा गर्न सकिने कामकोा विषयमा समेत जानकारी गराउनुभएको थियो ।

विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भुसाल को समेत उपस्थिती रहेको कार्यक्रममा प्रदेश र स्थानीय सरकार विचको सहकार्य शसक्त कसरी बनाउन सकिन्छ भन्नेमा समेत छलफल भएको बझिएको छ ।

कार्यक्रममा पशुपालन सम्वन्धमा सरोकारवालाहरुसंग थप सहकार्य गर्ने विषयमा छलफल भएको विज्ञ केन्द्र अर्घाखाँचीका पशुसेवा प्राविधिक योगेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

Comments
Loading...