हरिप्रसाद भुसाल / पहिलो अपडेट
२२ माघ अर्घाखाँची । प्रचण्ड माधव पक्षिय नेकपाद्वारा गरिएको आमहड्तालको कारण सन्धिखर्क बजार पूर्ण रुपमा प्रभावित भएको छ ।
आमहड्तालको कारण सन्धिखर्क बजार पूर्ण रुपमा बन्द भएको छ भने जिल्ला सदरमुकाम सन्धिखर्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन । अहिलेसमम अर्घाखाँचीमा कुनै अप्रिय घटना भएको छैन ।
यस्तै, आजको लागि आह्वान गरिएको पूर्व सन्धयामा प्रचण्ड नेपाल पक्षिय नेकपा अर्घाखाँचीले हिजो सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सन्धिखर्क नयाँ बसपार्कबाट शुरु भएको मसाल जुलुस सन्धिखर्क शान्ती बँगैचामा पुगेर कोणसभामा परिणत भएको थियो ।