हरिप्रसाद भुसाल पहिलो अपडेट
माघ २०, अर्घाखाँची पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सन्धिखर्क नगरपालिकाको विकासको विषयमा चासो व्यक्त गर्नुभएको छ ।
सन्धिखर्क टुडिखेलमा रहेको रहेको सभागृहमा भएको खुल्ला अन्तरक्रिया कार्यक्रम पछि नगरपालिकाको कार्यालयमा पुग्नुभएका नेता भट्टराइले सन्धिखर्क नगरपालिकामा कसरी काम गर्नुभएको छ ? के के गर्नुभएको छ भनी चासो व्यक्त गर्नुभएको थियो ।
नगर उपप्रमुख ठाकुर कुमार विक लगायत सहभागी भेटमा नगर प्रमुख कमल भुसालले योजनावद्ध रुपमा काम अगाडी बढाइएको बताउनुभएको थियो ।
अत्याधुनिक वडा कार्यालय र सवै वडामा स्वास्थ्य चौकीहरु निर्माण गरिएको र पर्यटन कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढिएको भुसालले जानकारी गराउनुभएको थियो ।
नगरपालिकाले जिल्लामा स्वागत गर्दै भट्टराईलाई सम्मान समेत गरेको थियो ।