हरिप्रसाद भुसाल / पहिलो अपडेट
माघ २०, अर्घाखाँची । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिगमन सच्याउनका लागि अग्रगमनका पक्षधर एक हुनुपर्ने बताउनुभएको छ ।
पश्चिम नेपालको राजनीतिक भ्रमणको क्रममा अर्घाखाँची आउनुभएका भट्टराईले संविधानको रक्षाका लागि संयूक्त आन्दोलनको विकल्प नभएको बताउनुभएको हो ।
एक फरक प्रसंगमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहनुभएका नेता भट्टराईले आफ्नो नजिकका मान्छेहरुले बाटो बिराउदा दुख लागेको बताउनुभयो ।
“उहाँ कहिले यता कहिले उता गरिहनुभएको छ ।” माओवादीमा रहँदा आफु निकट रहेका नेता टेप बहादुर रायमाझीको नाम नलिइ भट्टराईले भन्नुभयो “आफ्नो मान्छेले खुट्टा लडखडाउदा दुख लाग्ने रहेछ ।”
नेता भट्टराईले अर्घाखाँचीमा रहँदा बुद्धीजिवीहरुसंग भेटघाटका अलावा खुल्ला अन्तरक्रिया गर्नुभएको थियो । भट्टराईसंग जिल्लावासीहरुले विभिन्न प्रश्नहरु राखेका थिए ।