Ultimate magazine theme for WordPress.

सरकारद्वारा केवि भुसालको अध्यक्षतामा भूमि समस्या समाधान जिल्ला समिति गठन

752

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ १९, अर्घाखाँची । सरकारले सरकारले भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति अर्घाखाँची गठन गरेको छ ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले केवी भुसाल (कृष्ण बहादुर भुसाल) को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको विज्ञ सदस्यमा जिल्लाको बाँगी निवासी तिलक मिश्र ( तुल्सी राम मिश्र) र सदस्यमा डाडा निवासी शिवमाया विश्वकर्मा मनोनित भएका हुन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम रहेको छ ।

आज सरकारले देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेको सूचना आजै साँझ नेपाल राजपत्रमा प्रकाशित छ ।

Comments
Loading...