नेकपाका स्थाई कमिटि सदस्य युवराज ज्ञवालीले केपी शर्मा अाेली काँग्रेस सभापति भन्दापनि अप्रजातान्त्रिक भएकाे बताएका छन् ।
नेकपा अर्घाखाँचीले सन्धिखर्कमा गरेकाे पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेता ज्ञवालीले केपी अाेलीले गरेकाे प्रतिगामी कदमकाे ससक्त विराेध गर्नुपर्ने बताएका हुन् ।
समाजवादकाे वाटाेमा हिड्नुकाे साटाे अाेली प्रतिगमन तर्फ बाटाे साेझ्याएका कारण विधान अनुसार पार्टी सदस्यता समेत नरहने गरि कारवाही गरिएकाे बताए ।
नेकपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा अायाेजना गरेकाे कार्यकर्ता प्रशिक्षणमा सहभागी बन्न ज्ञवाली सहित बर्षमान पुन, अाेनसरी घर्ती, डिलाराम अाचार्य लगायतका नेताहरु अर्घाखाँची अाएका छन् ।