माधव खनाल
१६ माघ अर्घाखाँची
अर्घाखाँची जिल्ला जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर १ आम्बोट चौतारा निवासी ६५वर्षका थानपती खनाल घरपरिवार सङ्ग २२ वर्ष पछि सम्पर्कमा आएका छन
खनाल आफ्ना भाइ जिवलाल खनाल र बैनिज्वाइँ दधिराम भुसाल मार्फत भारको दिल्लिमा सम्पर्कमा आएको उहाँका भतिज नारायण खनालले बताए २२वर्ष पछि सम्पर्कमा आएपछि घरपरिवारमा खुसियाली छाएको खनालले बताए खनाललाई अब छिट्टै घरपरिवार समक्ष ल्याउने उहाँका भाइ जिवलाल खनालले बताउनुभयो ।
खनालका एक श्रीमति तीन भाइ छोरा एक बुहारी र नातिनी हुनुहुन्छ । २२ वर्षपछि सम्पर्कमा आउनुभएका खनालका स परिवार हाल सन्धिखर्क नगरपालिकामा बसोबास गर्दै आउनुभएको छ ।