Ultimate magazine theme for WordPress.

राजनीतिक कार्यक्रमहरुमा सहभागी नवन्न शितगंगाद्वारा शिक्षकहरुलाई निर्देशन

189

पहिलो अपडेट माघ १३, अर्घाखाँची

शितगंगा नगरपालिकाले राजनीतिक कार्यक्रमहरुमा सहभागी नबन्न शिक्षकहरुलाई निर्देशन गरेको छ ।

शिक्षकले पालना गर्नुपर्ने आचारसंहिता बमोजिम अनुसासन पालना गर्न नगरपालिकाले शिक्षकहरुलाई अनुरोध गरेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद नेपालले नगरक्षेत्र भित्रका प्रधानाध्यापकहरुलाई पत्र लेख्दै शिक्षकहरुलाई विद्यालय समयभित्र राजनीतिक कार्यक्रममा शिक्षकहरुलाई रोक्न निर्देशन दिनुभएको हो ।

यसअघि शितगंगाका विभिन्न विद्यालयका शिक्षहरु राजनीतिक कार्यक्रमहरुमा सहभागी भएका थिए । शिक्षकहरु राजनीतिक कार्यक्रममा सहभागी भएका तस्विरहरु सामाजिक संजालमा भाइरल भएपछि आफ्नो ध्यानाकर्ष भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

Comments
Loading...