Ultimate magazine theme for WordPress.

वनका राजा । को हुन इन्टिग्रिटी आइकन विजेता ज्ञवाली ?

87

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ ११ २०७७ काठमाण्डौ । रूपन्देहीको शंकरनगर सामुदायिक वनको घना वन क्षेत्रमा २०४८ सालमा ८२ विगाहा जग्गाको दर्ता गरि लालपूर्जा वितरण गरेको थियो । रुपन्देहीको जिल्ला वन अधिकृत रहेका दिप ज्ञवालीले २०७० सालमा उक्त क्षेत्र वन नै भएको हुँदा वन ऐन बमोजिम दर्ता वदर गरी वन क्षेत्र कायम गर्ने फैसला गरे । फैसला रोक्न सासद समेतले दवाव दिए । तत्कालिन बखत मैले फिर्ता गराएको उक्त सरकारी जग्गाको मूल्य लगभग २२ अरब बरावरको थियो । अर्थात २२ अरवको गुमेको सरकारको सम्पत्ती फिर्ता गराउन ज्ञवाली सफल भए ।

यो त प्रतिनिधी घटना मात्र हो, २०५२ सालमा जिल्ला वन कार्यालय स्याङ्जामा सहायक वन अधिकृतको रुपमा सेवा शुरु गरेका ज्ञवालीको । आफ्नो सेवा अवधीमा जोखिम मोलेर देश र जनताको पक्षमा निरन्तर काम गरेका ज्ञवालीलाई ज्यान मार्ने धम्की, गाली गलौज सामान्य लाग्छन् । जसरी खेतवारीमा खेती नभए मान्छेमा भोकमरी हुन्छ, त्यसैगरी बनमा रुख नभए देशलाई भोकमरी लाग्छ भन्ने मान्यता राख्ने १वाली निरन्तर वन संरक्षणमा सक्रिय भए ।

रूपन्देहीको देवदह न.पा.को चरिङ्गे भन्ने स्थानमा वन क्षेत्र मिचेर बनाइएका ९ वटा पक्की होटल हटाउने क्रममा हत्याको प्रयास समेत गरिएका ज्ञवालीले हालसम्म ६७५ तस्करलाई कारवाहीको फैसला गरेका छन् । यसविचमा बन क्षेत्रमा अवैध ढंगले चलेका धेरै हेभी साधनहरु जफत गर्न सकेत सफल भएका थिए ।

जिल्ला वन कार्यालय सल्यानबाट सेवा शुरु गरेका ज्ञवालीले, जिल्ला वन कार्यालय कन्चनपुर, क्षेत्रिय वन तालिम केन्द्र सुर्खेत, वन तथा भूसंरक्षण मन्त्रालय काठमाडौ, वन विभाग काठमाडौ, जिल्ला वन कार्यालय रुपन्देही, जिल्ला वन कार्यालय मोरग, जिल्ला वन कार्यालय अर्घाखाची, डिभिजन वन कार्यालय पहलवानपुर कैलाली, डिभिजन वन कार्यालय दाङ लगायतका ठाउँमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका छन् ।

हाल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्वीनी प्रदेश, वुटवलमा कार्यरत ज्ञवालीको भूमिकाबाट अनियमितता गर्ने बाहेक सवै प्रशंसित छन् । ज्ञवाली पुगेका जिल्लामा पाएको माया, उनको सक्रियता र निरन्तरताले पनि यो पुष्टी गर्छ ।

उत्कृष्ट सेवा भावका कारण पटक पटक उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका ज्ञवाली यो वर्षको इन्टिग्रीटी आइकनबाट सम्मानित भएका छन् । यो वर्ष ज्ञवाली सहित ५ जना यो अवार्डबाट सम्मानित भएका छन् । उत्कृष्ट सेवाभावका कारण सम्मानित हुनुहुने सम्पूर्णमा बधाई ।

Comments
Loading...