हरिप्रसाद भुसाल / पहिलो अपडेट
माघ १०, अर्घाखाँची अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा कोरोना विशेष अस्थाई अस्पतालको उद्घाटन गरिएको छ ।
संघीय सरकारको १० लाख बजेटमा निर्माण भएको अस्पतालमा एकजना एम.वि.वि. एस डाक्टर र दुईजना स्टार्फ नर्स रहनेछन ।
अस्पतालको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले हिजो उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत, नगर प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार लगायतले मन्तव्य राखेका थिए ।
अस्पतालमा कोरोनाको लक्षण सहितका विरामी आएमा उपचार गरिने नगरपालिकाले जानकारी दिएको छ ।