Ultimate magazine theme for WordPress.

नेकपा अर्घाखाँचीको बैठक, प्रतिगमनका विरुद्ध कठोर संघर्ष गर्ने निर्णय

340

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ ८, अर्घाखाँची । प्रचण्ड नेपाल पक्षिय नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची जिल्ला कमिटीको बैठक हिजो सन्धिखर्कमा सम्पन्न भएको छ ।

ठाकुर कुमार वि.कका. अध्यक्षतामा शुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य समेत रहेका प्रदेश सचिव गजप्रसाद शर्मा अपारले मन्तव्य राख्दै प्रतिगमनका बिरुद्धमा शसक्त रुपमा प्रस्तुत हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सह इँचार्ज शुशिला श्रीपाली, प्रदेश सदस्यहरु पिताम्वर भुसाल, यमुना भुसाल, युवा नेता राम बहादुर चौहान लगायतले मन्तव्य राख्दै आफुहरु जस्तोसुकै कठोर संघर्षको लागि पनि तयार रहेको बताउनुभएको थियो ।

बैठकले जिल्ला स्तरमा संघर्षका कार्यक्रम तय गरेको छ । सडक संघर्षका साथै टोल टोलमा संगठन विस्तार गर्ने लगायतका निर्णयहरु भएको विस्वस्त सुत्रले पहिलो अपडेट डटकमलाई जानकारी दिएको छ । साथै बैठकले प्रतिगमन खारेजीका पक्षधर शक्तीसंग सहकार्य गरेर अगाडी बढ्ने निर्णय समेत गरेको बुझिएको छ ।

बैठक सन्धिखर्क नगर इन्चार्ज राजेन्द्र भुसालको संचालनमा सम्पन्न भएको हो ।

Comments
Loading...