Ultimate magazine theme for WordPress.

तङरिदै नरपानी

279

हरिप्रसाद भुसाल / पहिलो अपडेट

माघ ८, अर्घाखाँची । कोरोना महामारि र यसको प्रभाव स्वरुप गरिएको लकडाउनका कारण थिलोथिलो भएको अर्घाखाँचीको पर्यटकीय क्षेत्र नरपानी बिस्तारै तङरिदै गएको छ ।

कोरोना महामारी केही सहज भएपछि सरकारले लकडाउन अन्त्य गरेसंगै सुनसान बनेको नरपानी बिस्तारै आफ्नो लयमा आउन थालेको हो ।

नेपालकै चर्चित सुपा देउराली मन्दिरमा पुजा गरि पिकनिक गर्ने ठाउँको रुपमा निकै व्यस्त रहने नरपानी लकडाउनका कारण सुपा देउराली मन्दिर बन्द गरिएपछि ठप्प भएको थियो ।

दैनिक दुई दर्जनभन्दा बढि टोलि पिकनिकको लागि आउने नरपानी दर्जनौ परिवारको लागि जीवन निर्वाहको आधार बन्ने गरेको छ ।

खासगरि सुपा देउराली मन्दिरमा भाकलका लागि आएका भक्तजनहरुले मन्दिरमा बली स्वरुप चढाएको मेडो (पाठा / पाठी) लाई काटेर प्रसादको रुपमा आफन्त ईष्टमित्र भेला भई खाने प्रचलन रहेको छ ।

मन्दिरमा चढाईएको मेडो (पाठा / पाठी) लाई बनाईदिने, भाँडाकुँडा भाडामा दिने, दाउरा बेच्नेदेखी लिएर पकाएर ख्वाउने समेत काममा स्थानिय व्यवसायीले सहयोग गर्ने गर्छन । यही काममा करिव दुई दर्जन व्यवसायीहरुको दैनिकि चलने गरेको छ ।

“ सुपा देउराली मन्दिरको ढोका बन्द भएपछि हाम्रो त हातमुख जोर्ने आधार पनि बन्द भएको थियो ।“ एक व्यवसायीले पहिलो अपडेटसित भने “ दैनिकी चलाउन समेत समस्या हुन थालेको थियो ।“

सुपा देउरादी मन्दिरको ढोका खोलिएपछि आन्तरिक र बाह्य पर्यटक तथा भक्तजनहरुको आवागमनमा सुधार भएसंगै नरपानी आफ्नो लयमा फर्कन लागेको हो ।

बिस्तारै परिस्थिति सहज हुन थालेपछि व्यवसायीहरु खुसी हुन थालेका छन् ।

Comments
Loading...