Ultimate magazine theme for WordPress.

घिमिरेले भने : राजनीतिमा ढाट्नु हुदैन

175

पहिलो अपडेट / माघ ८, अर्घाखाँची

नेकपाका नेता रामजी प्रसाद घिमिरेले मूल्य,मान्यता,आस्था, निष्ठा र ईमान्दारिताको राजनीति गर्नेको लागि पद र प्रतिष्ठा कुनै ठुलो बिषय नरहेको बताएका छन् ।

केपी शर्मा ओलीले निर्वाचन आयोगमा पठाएको केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा घिमिरेको नाम नरहेको समाचारहरु सार्वजनिक भइरहदा नेता घिमिरेले ४०–४२ बर्षको राजनीतिक जीवनमा कुनै पदको माग नगरेको दावी गरेका छन् ।

“पार्टिले निर्वाचन आयोगमा पठाएको लिष्टमा मेरो नाम नभए पनि यो मेरो लागि चिन्ताको बिषय होईन ।” घिमिरेले सामाजिक सन्जालमार्फत भने “चिन्ताको बिषय त स्वाभिमानि र ईमान्दार कार्यकर्ताहरु प्रति बिस्वासको अभाब एउटा हो भने अर्काे चिन्ताको बिषय हो नेकपाको जीवनमा देखिएको संकट, जनताको सेवा र संमृध्दी, देशको उन्नती र बिकासमा देखिएको अबरोध तथा मुलुकको राजनीतिमा पटक पटक दोहोरियको अस्थिरता र स्थिर सरकारको लागि उत्पन्न चुनौतीहरु हुन ।”

हेर्नुहोस घिमिरेको फेसबुक स्टाटस जस्ताको तस्तै :

राजनीतिमा ढाट्नु हुदैन -मदन भन्डारी
मूल्य,मान्यता,आस्था, निष्ठा र ईमान्दारिताकाे राजनीति गर्नेकाे लागि पद र प्रतिष्ठा कुनै ठुलाे बिषय हैन र हुनुहुदैन। ४०-४२ बर्षकाे राजनीतिक जीवनमा मैले कुनै पदकाे माग गरेकाे छैन, प्राप्त जिम्मेवारिलाई ईमान्दारिताका साथ पुरा गर्दै अगाडि बढ्ने काेसिस गरेकाेछु। पार्टिले निर्वाचन आयाेगमा पठाएकाे लिष्टमा मेराे नाम नभए पनि याे मेराे लागि चिन्ताकाे बिषय हाेईन। चिन्ताकाे बिषय त स्वाभिमानि र ईमान्दार कार्यकर्ताहरु प्रति बिस्वासकाे अभाब एउटा हाे भने अर्काे चिन्ताकाे बिषय हाे नेकपाकाे जीवनमा देखिएकाे संकट, जनताकाे सेवा र संमृध्दी, देशकाे उन्नती र बिकासमा देखिएकाे अबराेध तथा मुलुककाे राजनीतिमा पटक पटक दाेहाेरियकाे अस्थिरता र स्थिर सरकारकाे लागि उत्पन्न चुनाैतीहरु हुन। यी चुनाैतीहरुकाे सामना गर्नका लागि जुन राजनीतिक,बैचारिक धरातलमा उभिएर म अगाडि बढ्ने काेसिस गरिरहेकाे छु त्यसकाे निरन्तरता प्रती पुन प्रतिबध्दता ब्यक्त गर्दछु। पार्टिकाे महाधिवेशन आयाेजक कमिटिकाे सदस्यमा रहे नरहेकाे बिषयमा उत्पन्न बहसमा नलाग्न सबैमा बिनम्र अनुराेध गर्दछु।

Comments
Loading...