Ultimate magazine theme for WordPress.

रामजी घिमिरे केन्द्रिय सदस्यमा नै रहेको अध्यक्ष आचार्यद्धारा जानकारी

कुनै चासो नराखेको रामजी घिमिरेको भनाई

315

प्रेमनारायण आचार्य / सन्धिखर्क ७ माघ ।

नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नेता रामजी प्रसाद घिमिरेको नाम नेकपा ओली समुहको केन्द्रिय सदस्यको लिस्टमा नाम नभएको भनेर कुप्रचार गरिएको बताउनु भएको छ ।

निर्बाचन आयोगमा पठाएको लिस्टमा अर्घाखाँचीका चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, नरेन्द्र क्षेत्री, रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल, भोजबहादुर शाह, विजुला रायमाझि, जाल्पा भुसाल र लक्ष्मण रायमाझिको नाम रहेको बताउनु भएको छ ।

नाम छैन भनेर नेकपाका कार्यक्रता भड्काउनका लागि सामाजिक सञ्जालहरुमा कु प्रचार गरिएको अध्यक्ष आचार्यको भनाई छ । सामाजिक सञ्जालमा राखिएको केन्द्रिय सदस्यको लिस्टमा नतोहरु रामजी प्रसाद घिमिरे, डिल्लीराज खनाल र भोजबहादुर शाहको नाम रहेको छैन् ।

उता नाम नरहेको विषयमा जानकारी लिन खोज्दा नेता रामजी प्रसाद घिमिरेले यो विषयमा आफुलै कुनै चासो नराखेको बताउनु भएको छ । जनताको माझबाट राजनिति गरेर आएकोलाई नाम हुदै र नहुदैमा कुनै फरक नपर्ने नेता घिमिरेको भनाई छ ।

Comments
Loading...