Ultimate magazine theme for WordPress.

के ठगिएकै हुन त रामजी घिमिरे ? ओलीले पठाएको लिष्टमा भेटिएन घिमिरेको नाम

937

पहिलो अपडेट / माघ ६, अर्घाखाँची

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको केही दिनमै केन्द्रीय समिति विस्तार गरे ।

विस्तारित केन्द्रीय समितिमा अर्घाखाँची जिल्लाबाट धेरै नेताहरुको सहभागी भएको भन्ने खालका समाचारहरु तत्कालिन अवस्थामा सार्वजनिक भए ।

अर्घाखाँचीबाट राष्टिय सभा, प्रतिनिधी सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै माननियहरु सहित थप नेताहरुको नाम समेत केन्द्रीय समितिको लिष्टमा सार्वजनिक भयो ।

अर्घाखाँचीबाट चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जालपा भुसाल, भोज बहादुर शाह, डिल्लीराज खनाल, विजुला रायमाझी, लक्ष्मण रायमाझी लगायतका नेताहरु केन्द्रीय सदस्य बनेको भन्दै सामाजिक सन्जालभर बधाईको ओइरो लाग्यो ।

तर निर्वाचन आयोगमा केपी शर्मा वली नेतृत्वले बुझाएको केन्द्रीय सदस्यहरुको लिष्टमा यतिवेला रामजी घिमिरेको नामको खोजी जिल्लावासीहरुले गरिरहेका छन् ।

केन्द्रीय सदस्यहरुको रुपमा नाम सार्वजनिक भएका मध्ये रामजी घिमिरे, भोजबहादुर शाह र डिल्लीराज खनालको नाम नभएको विवरण हामीलाई प्राप्त भएको छ ।

यसको वास्तविकता के हो आगामी दिनमा पक्कै खोजी नै हुनेछ । तर आज हामीले यहाँहरुको लागि हामीले प्राप्त गरेको विवरण यहाँहरुको विचमा अपलोड गरेका छौं ।

हेर्नुहोस् यो विवरण ः

२७ पेजको पि.डि.एफ. हेर्नको लागि Hari Prasad Bhusal लाई इमेल आइडी इनबक्स गर्नुहोला ।

( सिस्टमको समस्याका कारण पिडिएफ फाइल यहाँ पोष्ट गर्न नसकेकोमा क्षमाप्रार्थी छौं । )  सम्पादक

Comments
Loading...