Ultimate magazine theme for WordPress.

धनचौरमा विद्यालय व्यवस्थापन समितिमा दलिय बाँडफाँड, नेतृत्व ओली र प्रचण्ड माधव पक्षले आलोपालो गर्ने 

412

पहिलो अपडेट / पौष ६, अर्घाखाँची

अर्घाखाँची जिल्लाको एक स्कूलको विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक दलले बाँडफाँड गरेका छन् । भने समितिको नेतृत्व केपी शर्मा ओली र प्रचण्ड माधव पक्षले पालो पालो गर्ने सहमती भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौरमा रहेको जनजागृती माध्यमिक विद्यालयमा केपी ओली पक्ष र प्रचण्ड माधव पक्षविच आधा आधा समय नेतृत्व गर्नेगरी आलोपालोमा सहमती भएको हो ।

लामो समय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालयमा दुई पक्षविच आलोपालोमा १८÷१८ महिना पालैपालो नेतृत्व गर्ने सहमती बमोजिम पहिलो चरणमा केपी ओली पक्षिय नेकपाका तर्फबाट प्रेमलाल भट्टराई पहिलो अध्यक्ष बन्नुहुनेछ ।

बुझिए अनुसार १८ महिनापछि प्रचण्ड माधव पक्षिय हृदय भुसालले आधा कार्यकालको लागि विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्नुहुनेछ ।

माघ ९ गते अभिभावकहरुको भेलाबाट समिति घोषणा गर्ने तयारी गरिएको भएपनि राजनीतिक भागवण्डाका आधारमा पहिल्लै बाँडफाँड टुंग्याइएको हो । पहिलो अपडेट डटकमलाई विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार कुन दलले कति सदस्य पाउने भन्ने विषयमा भागवन्डा टुंगिएपनि पार्टीहरुले सदस्यको नाम दिन अझै बाँकी छ ।

यसैगरी व्यवस्थापन समितिको बाँकी सदस्यहरुमा पनि क्रियाशिल पार्टीहरुले बाँडफाँड गरेका छन् । प्राप्त जानकारी अनुसार निर्वाचित चार र मनोनित दुई सदस्यमा सत्तापक्षिय नेकपाले २, प्रचण्ड नेपाल पक्षिय नेकपा ले १, नेपाली काँग्रेसले २ र राजमोले १ सदस्य पाएका छन् ।

Comments
Loading...