पहिलो अपडेट / माघ ६ अर्घाखाँची
जनप्रतिनिधि तथा कर्मचारी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सन्धिखर्क नगरपालिका बन्द गरिएको छ ।
नगरप्रमुख कमल प्रसाद भुसाल र स्टोर शाखा प्रमुख थान बहादुर महत्रा लगायतमा संक्रमण देखिएपछि नगरपालिकामा अत्यावश्यक बाहेक सवै सेवा बन्द गरिएको हो ।
अन्य कर्मचारीहरुमा समेत सिजनल फ्लु जस्ता समस्याहरु देखिएपछि आजदेखि लागू हुनेगरी माघ १३ गतेसम्मको लागि नगरपालिका बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो ।