Ultimate magazine theme for WordPress.

नेता चौहानको साथ प्रचण्ड नेपाललाई

483

नेकपाका नेता राम बहादुर चौहान अन्तत प्रचण्ड नेपाल ने नेतृत्व को नेकपाको पक्षमा लाग्ने हुनुभएको छ ।

सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता चौहानल प्रतिनिधी सभा विघछन जस्तो असंवैधानिक कदमलाई कुनैपनि हालतमा सही भन्न नसकिने स्पष्ट समेत पार्नुभएको छ ।

पार्टी विभाजनपछि कुनैपनि समूहमा नदेखिनुभएका नेता चौहान अन्तत प्रचण्ड नेपाल समूहमा लाग्ने निष्कर्षमा पुग्नुभएको हो ।

जिल्लाका ठूला भनिएका नेताहरु भविश्यमा आफ्नो पद सुरक्षित गर्नका लागि असंवैधानिक कदमको पक्षमा उभिएकोा दावी समेत चौहानले गर्नुभयो ।

आफुले लामो समयसम्म अध्ययन गरेरै निष्कर्ष निकालेको भन्दै नेता चौहानले संसद बिघटन कुनैपनि हालतमा सही नभएकोले भ्रममा नपर्न जिल्लावासीहरुमा आग्रह गर्नुभएको थियो ।

राधा नोपालीको संचालनमा सम्पन्न कार्यक्रममा क्रियाशिल पत्रकारहरु सहित नेकपा प्रचण्ड माधव पक्षिय नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Comments
Loading...