Ultimate magazine theme for WordPress.

उर्जामन्त्री रायमाझीलाई गृहजिल्लामै कालो झण्डा

979

पहिलो अपडेट / माघ ३, अर्घाखाँची

उर्जामन्त्री टोप बहादुर रायमाझीले सन्धिखर्क टुडिखेलबाट अर्घाखाँची जिल्लामा पार्टी एकढिक्का रहेको दावी गरिरहँदा रायमाझीलाई उनकै गृह जिल्लामा कालोझण्डा देखाइएको छ ।

प्रचण्ड माधव नेपाल समूहरुको नेकपाका नेता तथा कार्यकर्ताले अवसरवादी प्रतिगामी संघीय टिके मन्त्री मुर्दावाद लगायतका नारा अंकित व्यानरहरु सन्धिखर्कका विभिन्न भागहरुमा टाँगेका छन् ।

बिहानैदेखी विभिन्न ठाउँमा टाँगिएका व्यानर तथा झण्डाहरु प्रहरीले हटाएको थियो । उच्च अधिकारीहरु अर्घाखाँची आउने भएपछि अर्घाखाँचीमा बिहानैदेखी सुरक्षा सर्तकता उच्च बनाइएको छ ।

टुडिखेलमा आयोजित बृहत कार्यकर्ता भेलामा लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणी थापा लगायतका नेतहरुले सम्वोधन गरिरहेका छन् ।

Comments
Loading...