पहिलो अपडेट / माघ १, अर्घाखाँची
अर्घाखाँचीमा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट नेपाली टोल निवासी विमल नेपालीले कुटपिट गरी आफ्नी आमाको हत्या गरेका हुन् ।
मदिरा खाई घरमा आएका नेपालीको कुटपिटबाट आमा हिरादेवी नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलाय अर्घाखाँचीले पुष्टी गरेको छ ।
गएराति आमा र बुबालाई कुटपिट गरी फरार रहेका नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी माधव वुढाथोकीको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपालीलाई प्रकाउ गरि प्रहरी हिरासतमा राखिएको स्थानीय युवा व्यवसायी लक्ष्मण पराजुलीले जानकारी दिनुभएको छ ।