राधा नेपाली , अर्घाखाँची
उप आयोजना पुर्ण प्रस्ताव लेखन सम्बन्धि तिन दिने तालिम सन्धिखर्कमा सुरु भएको छ ।
कृषकहरुलाइ केन्द्रित गरि संचालन गरिएको तालीमले कृषकहरु प्रस्ताबना लेख्न नजानेकै कारण विभिन्न क्षेत्रबाट पाउने सेवा सुबिधा बाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ तालिम सन्चालन गरिएको तालिममा जनाइएको छ ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय , नेपाल लाइभस्टक सेक्टर इनोभेशन अयोजना बिकेन्दृकृत आयोजना सहयोग इकाई बुटवलमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेशन अयोजना, बिकेन्दृकृत आयोजना सहयोग इकाई बुटवलमा पुरक अनुदानका लागि दुग्ध उत्पादन तथा बजारीकरण र मासु उत्पादन तथा बजारिकरण सम्बन्धि सामान्य प्रस्ताबना पेश गरेका समुहको प्रतिनिधि लाई तालीम दिई भोलि आफ्नै समूह सहकारीको पुर्ण प्रस्तावना लेख्न सक्ने अथवा भाबी दिनमा जुन सुकै ठाउँमा प्रस्तावना लेख्नका लागि सहयोग गर्न सक्ने आयोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत लोकराज भुसालले बताउनु भएको छ ।
उहाले यस प्रकृतिको तालिम नेपालमै पहिलो रहेको जिकिर गर्दै तालिममा सकृय सहभागीताको लागि सहभागीलाई अनुरोध समेत गर्नु भएको छ ।
तालीममा मन्तब्य राख्दै प्रमुख अथिती जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले समृद्धिका लागि कृषि उत्पादनमा लाग्नु को बिकल्प नभएको बताउनु भएको छ । उहाले परम्परागत कृषि प्रणालिलाइ सुधार गर्दै आधुनिक पद्धति को कृषि प्रणाली अपनाउन समेत जोड दिनुभएको छ ।
जिल्लाका 27 जना सहभागीको उपस्थितिमा संचालित रहेको कार्यक्रममा भेटेनरी अस्पताल पसु सेवा बिज्ञ केन्द्र सम्पर्क कार्यलय अर्घाखाँचीका पसु चिकित्सक बिस्नु पौडेल , उधोग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष युबराज श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।