Ultimate magazine theme for WordPress.

शिवराजको विसुनपुरमा ८० लाखमा बोरिङ गरीदै, १००विगाहा सिचाइ गर्न सकिने

70

कमल बिष्ट,( पौष २९ कपिलवस्तु )

कपिलवस्तुको बिसुनपुरमा सिचाइ सुबिधा पुर्याइने भएको छ, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसी र शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीको नेतृत्वमा खेतिकार्य गर्नका लागि सिचाइको समस्या भोगिरहेका शिवराज नगरपालिका वडा नम्बर ८ को विसुनपुर गाउको खेतीयोग्य स्थानमा भूमिगत जलश्रोत बाट बोरिङ गरि सिंचाइ समस्या समाधान गर्न उपयुक्त स्थानको खोजिका लागि अनुगमन समेत गर्नुभएको छ ।

करीव ८० लाख रुपैयाँको लागतमा कृषि विकासको लागि भूमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन डिभिजन कार्यालय दाङ मार्फत डिप बोरिङ गरि स्थानीय कृषकको करीव १०० विगाहा जमिनमा सिंचाइ पुर्याउने साथै अन्य स्थानहरुमा समेत सिंचाइ सुबिधा थप्दै लगिने लक्ष्य लिइएको प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।

यो आयोजना सम्पन्न भएपछी स्थानीय कृष्णले भोग्दै आएको समस्या समाधान हुनुका साथै उत्पादन बृद्धि भइ कृषक लाभान्वित हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

अवलोकन टोलिमा प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, नगरप्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष शंकर अहिर, नेकपा (नेकपा) का नगर सचिव जगत पौडेल, भूमिगत जलश्रोत इन्जिनियर प्रकाश ज्ञवाली सहित स्थानीय अगुवा कृषकको समेत सहभागिता रहेको थियो ।

Comments
Loading...