पहिलो अपडेट / पौष २९ अर्घाखाँची
सन्धिखर्कमा रहेको महालक्ष्मी लाईफ ईन्स्योरेन्सको कार्यालयमा गएराती चोरी प्रयास भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ पक्किपुल चोकमा रहेको कार्यालयमा राती १२ बजे चोरी प्रयास भएको हो ।
कार्यालयको मुल गेट, एउटा कोठामा ताला फोरिएको र अर्को कोाठामा ताला फोड्ने प्रयास गरेको कार्यालय प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।
ताला फोरिएपनि कुनै महत्वपुर्ण सामग्री चोरी नभएको भएको छैन ।
यस्तै गएराती नै शान्ति बँगैचामा रहेको मदिना किराना पसलमा पनि चोरी भएको छ । उक्त पसलबाट दुई कार्टुन तेल र एक बोरा सिद्रा चोरी भएको बताईएको छ ।
चोरीमा संलग्न संकास्पद व्यक्तिको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।