Ultimate magazine theme for WordPress.

स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्दै

35

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का अब नाटकमा अभिनय गर्ने भएकी छिन् । नारायण वाग्लेद्वारा लिखित उपन्यास ‘पल्पसा क्याफे’ मा बन्न लागेको नाटकमा उनले अभिनय गर्ने भएकी हुन् ।

आफुले नाटकमा अभिनय गर्न लागेको बारे अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जलामा तस्बिर शेयर गर्दै संकेत गरेकी छिन् । उनले यस नाटकमा ‘पल्पसा’ पात्रको भूमिका निभाउने बताइएको छ ।

उनले आफुलाई मनपर्ने उपन्यासमाथि नाटक बन्न लागेकोले अभिनय गर्न लागेको बताएकी छिन् । उनी यो नाटक सकिएपछि निर्देशक दिपेन्द्र खनालले निर्देशन गर्ने चलचित्र ‘चिसो मान्छे’ मा अभिनय गर्नेछिन् ।

शर्मिला पाण्डेले निर्माण गर्ने यस चलचित्रमा स्वस्तिमा र अर्पण थापाको अभिनय रहनेछ । चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न स्थानमा गरिने जनाइएको छ । चलचित्रमा सुदूरपश्चिम भेगको परिवेश र लबज मिसाइने बताइएको छ ।

Comments
Loading...