Ultimate magazine theme for WordPress.

भक्तपुरमा पाँच तलाबाट खस्दा एक मजदुरको मृत्यु

44

भक्तपुरमा पाँच तलाबाट खस्दा एक मजदुरको मृत्यु भएको छ।

आइतबार पौने २ बजे भक्तपुर नगरपालिका-२ कालोपाटीस्थित एक निर्माणाधीन घरको पाँचौ तलाबाट खसेर एक मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका डिएसपी दीपक गिरीले बताए।

सुनिल थिमीको पाँचाैं तलाको घरबाहिर इट्टाको गाह्रो लगाउने क्रममा ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो। उनी बर्दिबास घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्दै आएका थिए।

अचानक पाँचाैं तलाबाट खस्दा उनी गम्भिर घाइते भएका थिए। तत्कालै उनको उपचारको लागि डा.इवामुरा अस्पताल भक्तपुर पठाइएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी गिरीले बताए।

Source : Setopati.com

Comments
Loading...