Ultimate magazine theme for WordPress.

घुस लिन नमान्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

36

काठमाण्डाै – घुस लिन नमान्ने १८ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरि घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पुरस्कृत र सम्मान गर्नुभएको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई नियमअनुसार कारबाही गर्ने क्रममा घुस दिइ ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

Source : Ujyaalo online

Comments
Loading...