Ultimate magazine theme for WordPress.

देशकै लागि राजगद्दी त्याग्‍नेसम्मको साहस र इमान्दारी देखाएँ : ज्ञानेन्द्र शाह (सक्दो शेयर गर्नुहोला है)

359

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर हुँदै गएको भन्दै चिन्ता जनाएका छन्। नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको सोमबार पर्ने २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति निकालेर उनले नेपाल निर्माणमा आफ्ना पुर्खालाई सम्झेका हुन्।

‘नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर होइन भन्‍ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जिवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ’, उनले भनेका छन्, ‘त्यो समय केबल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्रै सम्भव थिएन। दैविक आशीर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो।’

पृथ्वीनारायण शाहकै नेतृत्वमा नेपाल एकीकरण भएकाले उनको जन्मदिनमा राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएको छ। पछिल्लो समयको राजनीतिक अस्थिरता र त्यसले निम्त्याएको परिस्थितिबारे पनि उनले चिन्ता जनाएका छन्, ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्‍ने चिन्ताग्रस्त अवस्थामा छौँ।’

पूर्व राजा शाहले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको बताएका छन्। त्यही बमोजिम शाह वंशीय परम्परा अगाडि बढेको स्मरण उनले गरेका छन्। ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्’, उनले भनेका छन्, ‘संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ। राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन्।’

पूर्वराजा ज्ञानेन्द्रले नेपाली जनताले अहिले भोगिरहेको राजनीति जटिलताको समीक्षा गर्न ढिलो भइसकेको बताएका छन्। परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवान्छित काम भइरहेको पनि उनले दाबी गरेका छन्। राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने उनले अभिमत राखेका छन्। यसको अपरिहार्यता भविष्यमा पनि हुने बताउँदै उनले पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने बाएका छन्।

Comments
Loading...