Ultimate magazine theme for WordPress.

मित्रता सम्वन्धी केही महत्वपूर्ण सन्देहरु

209

विदेशमा बिदा मित्र हुन्छ, घरमा स्त्री मित्र हुन्छे, रोगीको मित्र औषधी हुन्छ र मरणोपरान्त धर्म मित्र हुन्छ ।
चाणक्य

सच्चा मित्र हीराजस्तै अमूल्य र दुर्लभ हुन्छ । झूटा साथीहरू सुकेका पातहरूझैँ जहाँतहीँ मिल्छन् ।
अरस्तु

मित्र बनाउन सजिलो छ तर मित्रता दिगो समयसम्म राख्न गाह्रो छ । चित्तको अस्थिरताका कारण सानो मतभेद हुनेबित्तिकै मित्रता टुटिहाल्छ ।
वाल्मीकि

मित्रका तीन लक्षण हुन्छन् अहित कामबाट रोक्नु, हितकारी काममा लगाउनु र विपत्तिमा साथ नछाड्नु ।
अश्वघोष

दुष्टसँगको मित्रता बिहानको घामको छायाजस्तै हो जुन क्रमशः घट्दै जान्छ । सज्जनसँगको मित्रता मध्यान्हपछिको घामका छाया हो जुन क्रमशः बढ्दै जान्छ ।
भर्तुहरि

सामुन्ने मिठो बोल्ने साथीहरू र पिठमा छुरा हान्ने साथीहरू छाडिदिनुपर्छ ।
हितोपदेश

सच्चा मित्र त्यही हो जसले तिमीलाई ऐनाले जस्तै तिम्रो दोष छर्लङ्ग देखाइदिन्छ । जसले तिम्रो अवगुणको प्रशंसा गर्छ त्यो त चाप्लुसी हो ।
फुलर

सम्पन्नताले मित्र बनाउँछ तर विपत्तिमा मित्रको परीक्षा हुन्छ ।
शेक्सपियर

न तिम्रो कोही शत्रु छ न त मित्र नै । तिम्रो व्यवहार नै तिम्रो शत्रु र मित्र हो ।
चाणक्य

सच्चा मित्र दुई शरीरमा एकआत्मासरह हो ।
अरस्तु

जीवनमा केवल तीनवटा सच्चा मित्र छन् ः वृद्धा पत्नी, पुरानो कुकुर र वर्तमान धन ।
बेन्जामिन फ््रयाङ्कलिन

विवाह र मित्रता समान अवस्थाका मानिससँग मात्रै गर्नुपर्छ ।
हितोपदेश

मित्र बनाउनमा धैर्य राख, मित्र बनाइसकेका छौ भने त्यसलाई दृढ र स्थिर बनाऊ ।
सुकरात

यदि हाम्रा कुनै मित्र छैनन् भने यो संसार निर्जन वन बराबर हो ।
बेकन

मित्रहरूसँग जब लेनदेन सुरु हुन्छ त्यहाँ मनमुटाव सुरु हुन बेर लाग्दैन ।
प्रेमचन्द

मूर्ख मित्रभन्दा विद्वान् शत्रु नै असल हुन्छ ।
वेदव्यास

जहाँ बराबरीमा मित्रता हुँदैन, त्यो सधैँ घृणामा परिवर्तन हुन्छ ।
गोल्ड स्मिथ

Comments
Loading...