Ultimate magazine theme for WordPress.

केपी शर्मा वली क्रान्तिकारी होइनन कायर हुन : काँग्रेस नेतृ भुसाल

302

घनश्याम पौडेल/ अर्घाखाँची, २५ पुस ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली ‘क्रान्तिकारी’ नभई ‘कायर’ व्यक्ति भएको आरोप लगाएका छन् ।


नेपाली काँग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ मा आयोजित विरोध सभामा बोल्दै नेतृ भुसालले संविधान र लोकतन्त्रको कदर नगर्ने व्यक्ति क्रान्तिकारी नभई कायर सावित हुने बताएका हुन् ।

नेतृ भुसालले राष्ट्रपति र प्रधानमन्त्रीले पाएको बोनसको जिवनमा देशलाई शासकको रुपमा अगाडी बढाएकोले काँग्रेस आन्दोलनमा होमिएको टिप्पणी गरिन् ।
नेकपाले जनमतको अपमान गर्ने काम प्रधानमन्त्रीबाटै भएकाले सरकारले सजिलै चुनाव गराउँछ, भनेर उत्साहित हुनुको अर्थ नभएको भुसालको भनाई रहेको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरुलाई संविधान पढ्न आग्रह गरेकोतर्फ इंगित गर्दै भुसालले संसद र संविधान पुनःस्थापना नै कांग्रेसको एजेण्डा रहेको भन्दै थापाले संसद पुनःस्थापनापछि राजनीतिक कोर्स सच्याएर बल्ल चुनाव हुने बताईन ।

संसदीय दलका सचेतक समेत रहेकी भुसालले देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रनै समाप्त पर्ने खेलमा बर्तमान कम्युनिष्ट सरकार लागेपछि कांग्रेस आन्दोलनमा उत्रनु परेको बताईन । उनले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको बताईन ।

केपी ओली सरकारलाई युवाहरु सडकमा भौतारिएको, महिलाहरु हिंसाको शिकार भएको, मधेसी तथा मुस्लीम समुदायहरु आक्रान्त भएको युवाहरु बेरोजगार भएको खबर थाहै नपाए जस्तै गरेर बसेको भुसालले आरोप लगाईन ।

नरपानीमा भएको बिरोध सभामा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले प्रतिनिधि सभा पुनस्थापना हुनेमा आफुहरु ढुक्क रहेको बताए । उनले कम्युनिष्ट पाटीक नेताहरुले जनताकोले दिएको मतको समेत अपहेलना गरेको बताईन ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले संविधानको रक्षा गर्न कांग्रेस आन्दोलनमा उत्रिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सह सचिव इन्सु मिया, महासमिति सदस्य तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, महासमिति सदस्य यादव प्रसाद घिमिरे, महाधिबेशन प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, माधव प्रसाद पौडेल, मणिराम पौडेल, स्थानीय पालिकाका कांग्रेस सभापतिहरु खिमकुमार श्रेष्ठ, मोती बेल्वासे, विष्णु प्रसाद अर्याल, महिला संघका सचिब छमा कार्की, वडा अध्यक्ष कृष्ण वहादुर आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस क्षेत्रीय सभापति अच्युत गौतमको अध्यक्षता, उप–सभापति पुस्करनाथ पोख्रेलको स्वागत मन्तब्य र सचिव कृष्णलाल पुरीको सञ्चालनमा सम्पन्न भएको कांग्रेस प्रकाशन तथा प्रचार प्रसार विभागका सचिव प्रेमनारायण आचार्यले बताए ।

( याे समाचार हिन्दुखवर डटकमवाट साभार गरिएकाे हाे । )

Comments
Loading...