Ultimate magazine theme for WordPress.

साथी सहकारीको साधारण सभा सम्पन्न, पत्रकार बिस्ट सम्मानित । 

128

पहिलो अपडेट सम्बाददाता (पौष २५-सन्धिखर्क )

साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क-२, अर्घाखाँचीको आठौं वार्षिक साधारण सभा संस्थाको सभा हल चुत्राबेसीमा सम्पन्न भएको छ ।

कोभिड -१९ का कारण साधारणसभा लाई भर्चुअल माध्यमबाट संचालन गरिएको थियो ।

साथी सहकारी जिल्लाको आर्थिक बिकास र सामाजिक सुदृढीकरण र नागरिकको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएको एक नमुना सहकारीको रुपमा परिचित छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कमलप्रसाद भुसालले रास्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले पुर्‍याएको योगदानको प्रसंशा गर्दै साथी सहकारीले समाजमा खेलेको भुमिकाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

करीव १५ करोड कुल पुजी रहेको सहकारीमा करीव २६ सय सेयर सदस्य रहेका छन् । झण्डै २ करोड ७४ लाख ३ सय सेयर पुजी रहेकोमा झण्डै ८ करोड ऋण लगानिगरेको छ ।

नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीको भर्चुअल आथित्यता, नगरप्रमुख कमलप्रसाद भुसालको भौतिक उपस्तिथि सहितको विषिस्ट आतिथ्यता साथै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बि क किशोर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, सल्लाहकार तथा भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशमबहादुर थापा, मुक्तिराम आचार्य , लक्ष्मिनाराण चुदाली लगायतको भर्चुअल आतिथ्यता रहेको थियो ।

साधारण सभामा सहकारी क्षेत्रको प्रवर्द्धनका लागि संचार क्षेत्र मार्फत महत्त्वपूर्ण योगदान गरेको भन्दै पत्रकार कमल विस्ट लाई सम्मान गरेको छ साथै संस्थाको सफलतामा योगदान पुर्‍याएका , असल बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट कर्मचारी लाई समेत सम्मान  गरेको थियो ।

संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी प्रमुख प्रकाश भुसालको संचालन, सदस्य केशव घिमिरेको स्वागत मन्त, लेखा संयोजक नेत्रप्रसाद भुसालले वार्षिक लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

Comments
Loading...