Ultimate magazine theme for WordPress.

विवेकशील साझा पार्टीको शितगंगामा भेला, विभिन्न पदमा जिम्मेवारी बाँडफाँड

664

पहिलो अपडेट / पौष २५, अर्घाखाँची

विवेकशील साझा पार्टी शितगंगा अर्घाखाँचीको भेला आज ठाडा अमराईमा सम्पन्न भएको छ ।

भेलाले सितगङ्गा नगरपालिका को सम्पर्क ब्यक्तिको जिम्मेवारी ढुन्डीराज न्यौपाने लाई दिएको छ । त्यस्तै शितगंगा नगरपालिका महिला विभागको सम्पर्क व्यक्तिको जिम्मेवारी सिता पौडेललाई दिइएको छ ।

त्यस्तै भेलाले ढुण्डिराज न्यौपाने नगर सम्पर्क व्यक्ति भएपछि रिक्त भएको वडा नम्बर ३ को सम्योजक पद मा इन्द्रमणी आचार्यलाइ चयन गरिएको छ । त्यस्तै वडा नं. ३ कै सह सम्योजक मा अनिल घिमिरे लाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी शितगंगा नगरपालिका वडा नं. ४ को सम्पर्क व्यक्तिमा प्रकाश घिमिरे, वडा नं २ को सम्पर्क व्यक्तिमा लालबहादुर क्षेत्री, सहसम्योजक मा सागर अधिकारी र वडा नं. २ कै प्रचार प्रसार प्रमुखमा प्रकाश घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

भेलामा विवेकशील साझा पार्टी अर्घाखाँचीका सम्पर्क व्यक्ति हरि प्रसाद भुसालले सुसंस्कृत राजनीतिक संस्कार विकास गर्नको लागि बैकल्पिक शक्ति निर्माण अपरिहार्य बनेको बताउनुभएको थियो ।

Comments
Loading...