Ultimate magazine theme for WordPress.

ओली हिटलरजस्तै तानाशाह : झलनाथ खनाल

45

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै तानाशाह भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलरजस्तै तानाशाह भएको टिप्पणी गरेका हुन्।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिएजस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए।

कहिलेकाहीँ पार्टीको गल्तीका कारण तानाशाहहरू जन्मिने गरेको र त्यसको विरूद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उनले बताए।

वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिएका छन्।

Comments
Loading...