Ultimate magazine theme for WordPress.

देशभर भारी जनमत देखेपछि प्रचण्ड, माधव आत्तिए : उर्जामन्त्री रायमाझी

47

पहिलो अपडेट / पौष २४, अर्घाखाँची

नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले वैशाखमा हुने संसदको निर्वाचन रोक्न सक्ने तागत कसैमा नभएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगरकमिटी द्वारा आयोजित विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपामा देशभर देखिएको भारी जनमत बाट प्रचण्ड , नेपाल समूह अत्तालिएर संसदको पुनस्थापना भन्दै रोईकराई गरेको आरोप लगाउनु भयो । संबैधानिक ,व्यवहारीक र अन्तर्राष्ट्रिय हिसाबले पनि प्रतिनिधिसभाको पुनस्र्थापना हुन नसक्ने भन्दै प्रतिनिधिसाभा पुनःस्थापनाको दिवासप्ना नदेख्न आग्रह गर्नुभयो ।

प्रचण्ड ,माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउँदै ,उहाँले पार्टी एकता बिरोधि लाई कार्यकर्ता र जनताले ठाउँका ठाउँ बहिष्कार गर्ने बताउनुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगर कमिटीका अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षता र सचिव मणि पौडेलको संचालन र कार्यालय सचिव झुपलाल खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटीका सदस्य तोजबहादुर रायमाझी ,भुमिकास्थान नगरकमिटीका ईन्चार्ज खगेश्वर पन्थी , भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा लगायतका वक्ताहरूले मन्तव्य राख्दै प्रचण्ड नेपाल समुह पार्टी बिभाजनको मुख्य दोषी भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा ठुलो संख्यामा शुभचिन्तक र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार शोभाखर पन्थीले खवर पठाउनुभएको छ ।

Comments
Loading...