Ultimate magazine theme for WordPress.

नेकपा भूमिकास्थान नगर अध्यक्ष आचार्य ओली पक्षमा

611

पहिलो अपडेट / पौष २४ अर्घाखाँची

नेपाल कम्युनिष्ट पार्टी भूमिकास्थान नगरपालिकाका नगर कमिटीका अध्यक्ष राजेन्द्र आचार्य ओली पक्षिय नेपाल कम्युनिष्ट पार्टीलाई साथ दिने भएका छन् ।

यसअघी प्रचण्ड नेपाल पक्षिय नेकपालाई साथ दिएको भनिएका आचार्यले आज ओली पक्षिय नेकपाको नगर भेलाको अध्यक्षता गरेका हुन् ।

“ भूमिकास्थानको पोखेडाँडामा आयोजना भएको भेलामा राजेन्द्र जिले अध्यक्षता गर्नुभएको छ ।” विस्वस्त स्रोतले पहिलो अपडेट डटकमसंग भन्यो “उहाँ केपी ओलीले नेतृत्व गरेको नेकपामै हुनुहुन्छ ।”

आफु पार्टी विभाजन हुन नहुने पक्षमा रहेको र मुलधारमै रहने बताउदै नेता आचार्यले यो पक्ष वा त्यो पक्ष भन्दापनि केपी ओलीले नेतृत्व गरेको पार्टी नै मूलधार भएकोले आफु मुलधारमा नै रहेको प्रतिक्रिया दिएका छन् ।

Comments
Loading...