Ultimate magazine theme for WordPress.

अर्घाखाँचीका यी शिक्षक । जो क्षणभरमै भाइरल बने

1,283

पहिलो अपडेट / पौष २३, अर्घाखाँची

पौष २२ गते दिउसो शितगंगामा ओली पक्षिय नेकपाले बिस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रम चलिरहेकै बेला सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भयो । “म यता तपाई कतानी ?” क्याप्सन सहित सामाजिक संजालमा आएको एकजना शिक्षकको स्टाटस भाईरल बन्यो ।

शितगंगाकै एक विद्यालयमा अध्यापन गराउने शिक्षकले कार्यालय समयमा मन्त्री तथा माननियहरु सहितको तस्विर पोष्ट गरेपछि सामाजिक सन्जाल एकाएक तात्तियो ।

यसपछि हामीले यसको वास्तविकता खोज्ने प्रयत्न गर्यौं । खोज्दै जाँदा पत्ता लाग्यो, “म यता तपाई कतानी ?” भनेर पोष्ट गर्ने व्यक्ति गौरा मा.विका सामाजिक शिक्षक मेघ बहादुर जिसी रहेछन् ।

डेढ दशकदेखी सोही विद्यालयमा राहत शिक्षकको भूमिकामा रहेका जिसी मुटुरोगी भएको र औषधी लिन जान्छु भनी हाजिरी गरेर विद्यालयबाट निस्किएको प्रधानाध्यापक हिमलाल बेल्वासेले जानकारी दिए । “ औषधी लिन जान्छु भनेर हिड्नुभएको थियो “ पहिलो अपडेटसंग कुरा गर्दै बेल्वासेले भने “एकाएक कार्यक्रममा पो पुग्नुभएछ ।”

सामाजिक विषय अध्यापन गर्ने शिक्षक जिसी विद्यालयमा राम्रो पढाउने अनुशासित शिक्षको रुपमा रहेको र डाटा संकलन, व्यवस्थापनामा कुशल रहेको भएपनि कार्यालय समयमा विद्यालय छोडी राजनीतिक कार्यक्रममा पुग्नु कमजोरी रहेको बेल्वासेले जानकारी दिए ।

बेल्वासेका अनुसार आज नै विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले जिसीसंग स्पष्टिकरण लिएको छ । “आगामी दिनमा गल्ती नगर्नेगरी माफी माग्नुभएको छ ।” प्रधानाध्यापक बेल्वासेले भने ।

यस सम्वन्धमा थप जानकारीको लागि सम्पर्क गर्दा शिक्षक जिसीको फोन रिसिभ हुन सकेन ।

Comments
Loading...